काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका चार जना नेपाली विद्यार्थीको शव आइतबार विहान काठमाडौं आइपुग्ने भएको छ।

तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शव भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो । यस्तै शव आइतवार विहान काठमाडौँ पुग्नेछन्।

OM Sai Pathibhara Hospital

त्यसरी पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीकाे रहेको छ। 

७ अक्टोबरमा गाजास्थित हमास समुहकाे आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको थियाे।  बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएकाे छ

साथै सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूताबासले जनाएको छ ।