काठमाण्डौ/ पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले बड़ादशैँको अवसरमा मन छुने शुभकामना सन्देश व्यक्त गरिएको छ। शुभकामना सन्देशमा पूर्वराजा शाहले व्यक्त गरेका सन्देश जस्ताको तस्तै:

प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,

OM Sai Pathibhara Hospital

नेपालीहरूको महान राष्ट्रिय पर्व बडा दशैं हाम्रा घर आँगनमा आइपुगेको छ । असत् माथि सत्को विजय दर्शाउने यो पर्वले हामीलाई सहि, सत्य देवी शक्तिको संवर्द्धन गर्न प्रेरणा प्रदान गर्दछ । देश तथा विदेशमा रहे बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुन भित्र रहेपनि अन्ततः हामी सबै नेपाली हौं । यो साझा फूलवारीलाई सजाउनु, सिर्गानु अनि यसको माली बनेर यो सुन्दर बगैंचाको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो । हामी सबै स्वतन्त्र सार्वभौम नेपाल राष्ट्रका होनहार सन्तति हो भन्ने हेक्का हामीमा रहनै पर्दछ । कसैले कसैप्रति निषेध र निन्दा नगर्ने सबैले सबैको आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनै पर्दछ ।

धर्ममा नम्रता, संसारमा जस्तै महिमाको बाटो हो । अभाव र भेदभाव नेपालीपन होइन । सद्भाव विनाको राष्ट्र परिकल्पना पनि गर्न सकिदैन ।

डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एकतिहाइ जनसंख्या देश बाहिर छ । विदेशिएका र देशमै रहेबसेका दुबैथरीमा विछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ । लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गन्यो, न सुधार आयो । हाम्रो देश झन झन खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, शहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ ।

व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित छन् । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमंगका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ विहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ?

जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्दछ । देश र जनता माथि अब कुनै प्रकारको घात हुनु हुँदैन हाम्रो यही चाहना हो । – श्री नवदुर्गा भवानीले हामी सबैलाई राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरून् ।

जय नेपाल ।

मिति २०८० कार्तिक ३ गतेScreenshot_2023_1020_181935