बिराटनगर    ।   सुनसरीको धरान उप-महानगरपालिका-१६ र १ बाट ठुलो परिणामको नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।FB_IMG_1697307990397

बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे धरान उप-महानगरपालिका- १६ स्थित डेरा गरी बस्दै आएका २२ बर्षीय शेर बहादुर सुनुवारलाई  Spaspain ३ हजार ८ सय ट्याबलेट, Tramadol ३ हजार ९ सय क्याप्सुल, ब्राउन सुगर  १ बुलेट,  नेपाली २१ हजार ५०० र भारतीय २ हजार ४ सय १० रुपैयाँ नगद सहित पक्राउ गरेको हो भने धरान – १ बाट ३३ बर्षीय सुसन श्रेष्ठलाई  Spaspain ३ सय ट्याबलेट र Tramadol ५ सय क्याप्सुल सहित पक्राउ गरेको हो । FB_IMG_1697307998114

OM Sai Pathibhara Hospital

औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थपअनुसन्धान भईरहेको छ । FB_IMG_1697307986842

साथै सोहि प्रहरी टोलीले बिराटनगर १४ र १५ स्थितबाट रेडिमेट कपडा कुर्था सुरुवाल, कस्मेटिक्सका सामान लगायत लेडिज ईनर समेत गरी करिव ८० हजार ३ सय ७० रुपैया मुल्य बराबरको सामान बरामद गरि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ ।FB_IMG_1697307994777