काठमाडौं   ।    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।Screenshot_2023_1011_213505

लामो समयदेखि बढुवा रोकिएको भन्दै उनीहरूले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् ।

OM Sai Pathibhara Hospital

चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको डाक्टर एसपी रिमालले जानकारी दिए ।

चिकित्सकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापनपत्र बुझाएका थिए ।