काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।त्यसपछि सभामुखले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएको छ ।