काठमाडौँ । अफगानिस्तानमा  गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ ।  एक हजार जना भन्दा धेरै घाइते भएका छन् ।

हिजो हेरत प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । इरानसँग सीमा जोडिएको क्षेत्रमा भूकम्प गएको बीबीसीले जनाएको छ ।भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरूको  खोजी तथा उद्धारको काम भइरहेको छ ।

OM Sai Pathibhara Hospital

त्यहाँ शक्तिशाली तीन वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ । अफगानिस्तान पनि नेपाल जस्तै भूकम्पीय जोखिमयुक्त देश हो ।