काठमाण्डौ । बाँकेको नेपालगञ्जमा आज शनिबार पनि निषेधाज्ञा जारी राखिएको छ ।शनिबार बिहान ९ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्र (पूर्वमा राप्ति नदी पुल, पश्चिममा खजुरा जाने रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) मा निषेधाज्ञा जारी गरिएको छ ।Screenshot_2023_1007_092620

निषेधित क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता सामग्री टास्न वा लेख्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञाका क्रममा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जना वा सोभन्दा बढी संख्यामा मानिसहरु जम्मा भएको पाइए कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ । पछिल्लो समय हिन्दू र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व बढाउने गतिविधि बढेपछि प्रशासनले गत असोज १६ गतेदेखि नेपालगञ्ज उपमहानगर क्षेत्रमा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

OM Sai Pathibhara Hospital

बिहीबार र शुक्रबार राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्दै आएकोमा शनिबार राती ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । बिहीबार रातिदेखि जारी गरिएको कर्फ्यू आदेश भने शुक्रबारदेखि हटाइएको थियो ।