काठमाडाैं । सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने राष्ट्रपति कार्यालयको निर्णय झिकाउन आदेश दिएको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ३ असोजमा रिगलको कैद मिनाहाको सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको निर्णयसहितको सम्पूर्णू सक्कल असोज २४ गतेभित्र पेश गर्न आदेश दिएको छ ।