काठमाडौँ । नेपाली सेनाको ट्रकको ठक्करबाट काठमाडौँमा एक स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी आकृति शर्मा रहेको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलका अनुसार घटनामा संलग्न ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।