काठमाण्डौ । मंगलबार ६.३ रेक्टरको भूकम्प जाँदा सुदूरपश्चिम प्रदेशका सात जिल्लामा प्रभाव परेको छ । बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी करिब पाँच सय घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पले सबै भन्दा धेरै क्षति बझाङमा पुर्‍याएको छ ।

यहाँ १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।१९ सरकारी भवन आंशिक र २ पूर्ण रूपमा क्षति भएको छ । २४५ घर आंशिक र ७० पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । बाजुरामा सरकारी भवन ९ वटा आंशिक क्षति भएको छ भने ४४ घर आंशिक , १६ पूर्ण रूपमा क्षति भएको छ । बाजुरामा २ जना घाइते भएका छन् । डोटीमा ५ वटा सरकारी भवन आंशिक क्षति भएका छन् एउटा घार आंशिक र एउटा १ पूर्ण रूपमा क्षति पुगेको छ । अछाममा ६ वटा सरकारी भवन आंशिक क्षति भएको छ भने एउटा वटा पूर्ण रूपमा क्षति भएको छ । १७ वटा घर आंशिक एउटा पूर्ण रूपमा क्षति भएको छ । अछाममा पाँच जना घाइते भएका छन् ।

OM Sai Pathibhara Hospital

बैतडीमा ६ वटा सरकारी भवन आंशिक क्षति भएका छन् । ६ घर आंशिक र २ वटा पूर्ण रूपमा घरमा क्षति पुगेको छ भने २ जना घाइते भएका छन् । डडेलधुरामा एउटा सरकारी भवन आंशिक क्षति पुगेको छ भने १२ घरमा आंशिक क्षति पुगेको छ । दार्चुलामा सरकारी भवन ३ वटा आंशिक क्षति भएको प्रहरीले जानकारी दिएको छ ।