काठमाण्डौ   ।   नेपालसँग सीमा जोडिएको भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। भारी वर्षासँगै टिस्टा नदीमा आएको बाढीले बगाउँदा भारतीय सेनाका २३ जना जवान बेपत्ता भएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार बुधबार बिहान आएको आकस्मिक बाढीले सिक्किमको लाचेनमा सेनाका २३ जवान बेपत्ता भएका हुन्। बाढीले सेनाका बाहनहरु समेत बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेपत्ता भएकाहरुको खोजी सुरु गरिएको बताइएको छ।

OM Sai Pathibhara Hospital

बाढीका कारण नदीको सतह बढेको छ। तटीय क्षेत्रमा धेरै भवन र संचरनाहरुमा बाढीले क्षति पुर्‍याएको बताइएको छ। बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने सडक समेत बगाएको छ।