काठमाण्डौ ।  २०८० असाेज १६ गते  राति बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको  जिल्ला प्रहरी कार्यालय पर्साले फेला पारेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोकस्थित सडक खण्डमा ना.६ ख ३३६९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा रू. ७७,३६,०५७।- बराबरको ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा सामानहरू नियन्त्रणमा लिएकाे छ । यो ट्रक प्रहरिले नियन्त्रणमा लिएसङै बिरगन्ज भन्सारबाट मिलेमहतोमा भन्सार छली हुने गरेको पुष्टि हुन्छ।

OM Sai Pathibhara Hospital

मालवाहक ट्रक सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०असाेज १६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको    जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएकाे छ ।