सर्लाही ।  देशको राजधानीसँग सडकमार्गबाट छोटो दूरी भएकोले तस्करहरूको पहिलो रोजाइ मधेश प्रदेश पर्ने भएको छ । मधेश प्रदेशका सबै जिल्लाका नाका तस्करिका लागि खोलेको इटहरी राजस्व अनुसन्धान कार्यालयले तीन पटक ठूलो - ठुलो परिमाणमा तस्करिको कपडा बरामत गरेपछी  पुष्टि भएको छ । Screenshot_2023_1003_210106

एक तस्करले बताएअनुसार मधेस प्रदेशको बिभिन्न जिल्लाका नाकाहरुबाट कपडा, काजु, मसला, दाल, हार्डवेयर र इलेक्ट्रोनिक्सका सामानहरूको खुलेआम लाइन खोलिएको छ ।Screenshot_2023_1003_210318

OM Sai Pathibhara Hospital

तस्करहरुसँग महिनावारी असुल्न मधेस प्रदेश कार्यालयले नै तीन जना प्रहरीलाई प्रदेशभर परिचालन गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार हवल्दार राजेश पटेल, राजेश यादव र देवकुमारलाई प्रदेशभर परिचालन गरिएको हो । Screenshot_2023_1003_210210

पर्साका विभिन्न ग्रामीण इलाकाहरुबाट  कामहरु भएको छ।  बारा जिल्लाको कचोर्वा, सिमरौनगढ, पथलवा घाट, खजानी, वेलदारी, मटिअर्वा, छतवा, मुसहर्वा नाका पूर्णरुपले खुला गरिएको छ । त्यस्तै धनुषा पनि तस्करिकोलागी  अछुतो छैन।Screenshot_2023_1003_210506

त्यस्तै रौतहट जिल्लाको मुख्य भन्सार लक्ष्मीपुर, वन्जारहा, जयनगर औरैया, मढिया मोहेलीया, वंकुल नाका खुला गरिएको छ । Screenshot_2023_1003_210526

त्यसैगरी सर्लाही जिल्लाको वलरा, वाराउदोरण, हरनाहा, मधुवनी गाउँ, फेनहारा, मधुवन गोढ, भारसर त्रिभुवन नगर, पारसा, नारायणपुर, गोरखकाली, मधुवन भन्सार संग्रामपुरबाट खुलेआम तस्करी भइरहेको छ ।

महोत्तरीको धीरापुर, बिर्तामोड, सम्सी, मटिहानी, रामगोपालपुर, खैरमणी, इटहर्वा, पोखर भिण्डा रधुनाथपुरबाट लाइन चलिरहेको छ ।Screenshot_2023_1003_212544

जनकपुरधामबाट जटही नाका, जयनगर, मुखियापट्टि, खजुरी, फुलन्गावा हर्ने हरनाहीबाट व्यापक काजु र कपडाको लाइन चलिरहेको छ । 

सिराहा जिल्लाको माडर, ठान्डी वियापट्टी, सुखिपुर, झाझपट्टी नाकाबाट व्यापक मात्रामा तस्करी भइरहेको छ ।

गत शनिबार बिहान माडर भन्सार कार्यालय नजिकै एक सामुदायिक विद्यालयको बगैँचाबाट ५० लाखको कपडा र चोहर्वा चौक नजिकबाट अन्दाजी ८० लाख बराबरको कपडा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले बरामद गरेपछि सिराहा जिल्लाबाट कुन हदसम्मको सुरक्षाकर्मीहरूको  मिलिभगतमा तस्करी भइरहेको तथ्यलाई पुष्टि गर्दछ ।

सप्तरी जिल्लाको तिलाढी, कोद रकट्टी, क्षुटकी, हनुमान नगर, साठी, सखडा तिलाठ्ठी र पोता नाकाबाट पनि व्यापक मात्रामा तस्करी भइरहेको छ ।

मधेस प्रदेशको नेपाल प्रहरीमा नयाँ नेतृत्व आउने हल्ला चलेसँगै सादा पोसाखका प्रहरी परिचालन गरेर यहाँबाट व्यापक तस्करी भइरहेको प्रहरी स्रोत नै बताउँछ । तर डीआईजी भट्टराईले भने यस्तो सूचनामा सत्यता नभएको दाबी गरेका छन् । उनले भने, "त्यस्तो चाहिँ केही परिचालन गरिएको छैन । ती सबै जिल्लाको हातमा हुन्छन् । जिल्लाले हेर्ने हुन् । हामीले चाहिँ जिल्लाको एसपीलाई टाइट गर भन्ने हो । "

यता मंगलबार बिहान १ बजे बिलबिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको मालबाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको भन्ने सूचनाको आधारमा वीरगञ्ज १५ ब्रम्हचोकस्थित सडकखण्डबाट ना ६ ख ३३६९ नम्बरको मालबाहक ट्रकलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

आइतबार तस्करीको कपडा बोकेको ट्रक चोहर्वाबाट नियन्त्रणमा लिएको थियो । गएको शनिबार राजस्व अनुसन्धान बिभागको टोलीले सुकसैना नाकाबाट भित्रिएको ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो ।

तस्करीको सामान लुकाएको आशंकामा मंगलबार बिहान करिब ६ बजे सिरहा नगरपालिका १८, तारापट्टिमा सशस्त्र प्रहरीले छापा हानेको छ । छापा मार्ने क्रममा ७८ पोका कपडा बरामद गरेको छ । कपडा भन्सार छली गरी ल्याएर गोदाममा राखिएको सूचनापछि राजस्व समेतले बरामद गरेको हो ।