भरतपुर ।  नारायण्गढबाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नम्बरको वीङ्गर गैँडाकोट नगरपालिका वडा नं. १२ स्थित राजमार्गमा साँझ पौने ६ वजे नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ । दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

१५ जना यात्रु बोकेर बुटवलका लागि छुटेको माइक्रो आफै अनियन्त्रीत भै दुर्घटनामा परेको प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा परि १४ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनाको गैँडाकोट नगर अस्पतालमा उपचार भैरहेको छ भने अन्य  १० जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।घाइतेहरुको नामावली आउन बाकी छ ।