काठमाण्डौ   ।   पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरुद्ध अनेरास्ववियु चितवनले भरतपुरमा सडकमा आएर साङकेतिक विरोध गरेको छ ।

नेपाल आयल निगमले दसैंको मुखैमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ।

OM Sai Pathibhara Hospital

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१४ रुपैयाँले बढाएको हो।

यस्तै हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँले बढेको छ। अब नयाँ बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेल/मट्टितेल १७९ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १४४ र अन्तर्राष्ट्रिय १.०९६ अमेरिकी डलर तथा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पर्नेछ।