काठमाण्डौ  ।  काठमाण्डौ तीनकुनेमा मोटरसाइलक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । स्थानीयले बागमती नदी किनारमा बिहान शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले दुर्घटना राति भएको हुनसक्ने जनाएको छ । शव र मोटरसाइकल पुलको विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीबाट क्रेनको सहायताले बाहिर निकालिएको छ ।

OM Sai Pathibhara Hospital

मृतकको सनाखत हुन बाँकी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ल प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।