काठमाडौं । नेपालमा अहिले मारवाडी व्यापारी र राजनीतिक दलका शीर्ष नेताहरुको साँठगाँठकै कारण आर्थिकमन्दी देखिएको छ । बैंक, वित्तिय तथा सहकारी संस्थामा अधिकांश ठूला कर्पोरेट हाउसका मालिक मारवाडी छन् । उनीहरुले नेपालमा कमाएको र भ्रष्टचार गरेको पैसा विदेशमा लागेर लुकाउने गरेको व्यवसायी दुर्गा प्रशाइले सार्वजनिक कार्यक्रममै बताएका  छन् ।

सबै राजनीतिक दलका शीर्ष नेताहरुको पैसा मारवाडी व्यापारीसँग भएका कारण उनीहरुविरुद्ध कुनैपनि राजनीतिक दल बोल्न सक्ने आँट नगरेको समेत प्रसाईले बताएका छन् ।

OM Sai Pathibhara Hospital

राष्ट्र र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले माडवारी समुदायले मुलुक सिध्याएको  प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मुलुक बनाएको छु भन्ने माडवारीले नै देश सिध्याएको आरोप लगाएका छन।

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानसहितको उक्त कार्यक्रममा उनले देश सिध्याउन पवनको पनि हात रहेको बताए । उज्यालो हुँदा आज १० हजार मान्छे झोला बोकेर हिँड्छन् । उद्योग धन्दा, कलकारखाना त उहाँहरुले चलाएको देश हो । उहाँहरु माडवारी समुदायले मुलुक बनाएको हो भन्छन, आज त्यही समुदायको कारणले मान्छेहरु विदेशिदैछन् ।

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानकै अगाडि प्रसाइले भने, लघुवित्त, फाइनन्स, सहकारी, डेभलपमेन्ट बैंक पनि  इन्सुरेन्स पनि, रिइन्सुरेन्स पनि उहाँहरुकै । उहाँहरुले पिरामिड शैलीमा पैसा तानेर जतिपनि विदेशबाट आएको रेमिटेन्स उहाँहरुकै झोलामा जान्छ।

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले प्रसाईँले अरोप लगायजस्तो माडवारी समुदायले नेपालको अर्थतन्त्र धरासायी नबनाएको बताए । उनले आफ्नो लगानी कृषी, हाइड्रो, होटल लगायतको क्षेत्रमा रहेको बताउँदै १० हजारलाई रोजगारी दिइरहेको बताए । १० हजारमा तीन सयदेखि पाँच सय विदेशी कामदार भएपनि अन्य नेपालीनै कामदार रहेको बताए ।

कपडा, धागो, प्लास्टिक, वित्तीय क्षेत्र, रियल इस्टेट, हस्पिटालिटी, कृषिलगायत क्षेत्रमा तीनै बर्माबाट आएको मारवाडी व्यापारीको मनपरी छ । उनीहरु सुनतस्करी, साप तस्करी, अमेरिकी नोट तस्करी र भारतीय नोटसमेको तस्करी गरिरहेको र यसको प्रमाण सरकारसँग भएपनि केही गर्न नसकेको व्यवसायीको आरोप छ ।

प्रसाईका अनुसार केही मारवाडी व्यापारी र राजनीतिक दलका शीर्ष नेताका कारण देशका कलकारखाना, ब्याबसाय, उद्योग बन्द भइरहेका छन् । कारण देशको अर्थतन्त्र बिग्रिदाँ हाल देशभरका व्यवसायी पयालन हुने क्रम चलिररहेको प्रसाईको बताए ।

पछिल्लो समय छानविन भइरहेको ललिता निवास प्रकरण, सुन तस्करी र अन्य केही मुद्दामा नेपाली व्यापारी जेल परे तर, यही मुद्दामा मुछिएका मारवाडी व्यापारीले भने उन्मुक्ति भएको विषयमा विरोध समेत भइरहेको छ । यसको पछाडी पनि शीर्ष नेताको कालोधन तीनै मारवाडी व्यापारीसँग भएका कारण उनीहरुलाई राजनीतिक दवावमा समाउन नसकेको नेपाली मुलका व्यवसायीहरुको आरोप छ ।