काठमाण्डौ । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढीले जिप बगाउँदा ३ जना बेपत्ता भएका छन् ।

शनिवार साँझ बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको यात्रु बहाक टाटा सुमोलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिएका छन।

OM Sai Pathibhara Hospital

भुषालका अनुसार वेपत्ता सवारी साधनको खोजी भईरहेको छ । एक्कासी आएको बाढीको अवस्था बुझन चालक गाडीबाट झरेको बेलामा एक्कासी आएको बाढिले जिप बगाएको भुषालले बताएका छन् ।

सवारी चालक प्रहरी नियन्त्रणमा रहेको र वेपत्ता यात्रुहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।