काठमाडौँ   ।    राजस्व अनुसन्धान कार्यालय इटहरीले शुक्रबार राति सिरहाको माडर भन्सार नाकानजिकैबाट झन्डै ५० लाख रुपैयाँबराबरको चोरीका कपडा बरामद गरेको छ  ।Screenshot_2023_0930_141756

दसैंमा बिक्री गर्ने उद्धेश्यले स्थानीय चन्द्रनारायण माविको प्रांगणस्थित आँपको बगैंचामा थुपारिएको कपडा सुराकीका आधारमा इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले नियन्त्रणमा लिएको हो । सर्टिङ सुटिङका कपडा, सारी, तयारी पोसाकलगायतका सामान बरामद गरिएको छ । सामान इटहरी कार्यालयमा लगेर यकिन गरिने जानकारी आचार्यले दिए ।

OM Sai Pathibhara Hospital

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानका अनुसार सीमामा ठूलो परिमाणमा कपडा संकलन गररे काठमाडौं ल्याउने तयारी भएको सूचनाका आधारमा कपडा बरामद गरिएको हो । खुला नाका भएकाले दसैंलाई लक्षित गरेर चोरीपैठारीबाट कपडा संकलन गरेर व्यापारीले ट्रकमा राख्ने तयारी गरेका बेला बरामद भएको हो । केही सामान भने बरामद हुनुअगावै ट्रकमा लोड गरेर अन्यत्र लगेको स्रोतले बतायो ।Screenshot_2023_0930_141737

केही समयअघि उक्त कार्यालयले ११ पोका कपडा सोही स्थानबाट बरामद गरेर एक जनालाई धरौटीमा छाडेको थियो । उक्त सामान व्यक्तिको घरबाट बरामद गरिएको थियो । व्यक्ति पक्राउ गर्ने र मद्दा चलाउने भएपछि तस्करहरूले चोरीको सामान खुला चौरमा संकलन गरेर ट्रकमा लोड गर्न थालेका हुन।Screenshot_2023_1001_153720

यसरी चोरीपैठारी भएको सामान विभिन्न ट्रान्सपोटबाट काठमाण्डौसम्म पुर्याउने गरेका छन। ट्रान्सपोर्टमा बिल बिजक भएको सामान भन्दा बिलबिजक नभएको सामानको भाडामुल्य तीन गुणा लिने गरेको बुजिएको छ।