काठमाण्डौ   ।   मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ ।

वीरेन्द्रनगर–३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

मृतक बालक वीरेन्द्रनगर–३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएका थिए ।