काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किदैछन् ।

आज विहान १० बजे आठ दिनको चीन भ्रमण सकेर उनी आज स्वदेश फर्कन लागेका हुन् ।

OM Sai Pathibhara Hospital

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका गएका थिए।

न्युयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति बाइडेनलगायत अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए ।संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते अमेरिकाबाट सिधै चिन पुगेका थिए । उनले चीनमा भएको दक्षिण एसियाली खेलकुद उद्घाटन समारोहमासमेत सहभागी भएका थिए।

चीनमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका छन् । सोक्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।