बिराटनगर   ।  नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजनामा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण कार्यक्रम सम्पन्न भएको छ ।

“अल्पसंख्यकसँग प्रहरी कार्यक्रम” अन्तर्गत अल्पसंख्यक बोटे, तामाङ, चाम्लिङ, वान्तवाहरुको बसोबास र पठन पाठन क्षेत्र रहेको उदयपुरको त्रियुगा नगरपालिका-१३ मा रहेको जनप्रेमी आधारभुत विद्यालयका आर्थिक रुपमा जेहेन्दार तथा बिपन्न बर्गका बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गरिएको हो ।FB_IMG_1693585139098

OM Sai Pathibhara Hospital

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला ज्यूको प्रमुख आतिथ्यता तथा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला ज्यूको बिशिष्ट आथित्यतामा बिद्यालयका ६० जना बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गरिएको थियो ।

साथै उदयपुर जिल्लाको एकमात्र संगित शिक्षा पढाउने उक्त बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई थप उत्प्रेरणा एवम् हौसला प्रदान गर्नका निमित्त सांगितिक सामाग्री खरिदको लागी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाले नगद रु. १०,०००।– सहयोग स्वरुप प्रदान गर्नु भएको थियो ।FB_IMG_1693585131437

सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कलाकार बिद्यार्थीहरुलाई प्रमुख अतिथी एवं विशिष्ट अतिथीले  नगद पुरस्कार द्धारा पुरस्कृत गर्नु भएको उक्त कार्यक्रममा बिद्यालयको तर्फबाट प्रमुख अतिथि लगायत अन्य अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 

सेवा नै धर्म हो भन्ने भावनाका साथ निरन्तररुपमा यस्ता परोपकारी कार्यहरु संचालन गरिरहेको नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले आगामी दिनमा समेत यस किसिमका कार्यक्रमहरु निरन्तर संचालन गर्ने लक्ष्य रहेको अध्यक्ष अजिता देवकोटा बास्तोलाले बताउनु भयो ।