काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बैठक बस्दै छ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण असार अनितमसाता देखि बस्न नसकेको संसद बैठकको अवरोध फुकाउन आज पनि राष्ट्रिय मान्यता पा्रपत दलहरुको बैठक बस्दैछ । 

आइतबार पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक बसालेका थिए । हिजो आइतबार निश्कर्षमा बैठक पुग्न नसकेपछि थप छलफलका लागि भन्दै आज दिउासो ४ बजे फेरि बैठक बोलाइएको छ । प्रधानमन्त्री प्रचण्ड आज कर्णाली प्रदेश सरकारले आफनो स्थापना दिवसको अबसर पारेर आयोजना गर्ने कार्यक्रममा सहभागी हुन सुर्खेत जाने र त्यहाँबाट आजै फर्केर ४ बजे दलहरुको बैठक सिंहदरवारमा नै बस्न लागेको हो ।

OM Sai Pathibhara Hospital

नेताहरुले हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दलले उठाउादै आएको सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति सीआईबीले अनुसन्धान सकेपछि बनाउने या मन्त्रिपरिषद्ले अहिले नै निर्णय गरेर बनाउने भन्नेमा विवादित छ । प्रमुख प्रतिपक्षी दल एमालेले अहिले नै मन्त्रिपरिषद्बाट उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गदै लगातार संसद अवरोध गरिरहेको छ । सरकारले भने यो प्रकरणमा सीआईबीले छानबिन गरिरहेकोले उसलाई छानबिन गर्न दिएर मात्रै समिति बनाउन सकिने बताईरहेको छ ।

त्यस्तै आइतबारको बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने, तर समितिले सिआइबीको अनुसन्धान प्रभावित नहुने, छानबिनमाथि निगरानी राखेर समितिले काम गर्ने अथवा राज्य व्यवस्था समितिलाई अध्ययनरछानबिनको जिम्मा दिने, जसअनुसार समितिले सिआइबीलाई बोलाएर छलफल गर्ने, निष्पक्ष छानबिनको वातावरण बनाउने र आवश्यक निर्देशन दिनेलगायतका काम गरेर अनुसन्धानको परीक्षण गर्ने लगायतका अनेक मध्यमार्गी विकल्पमा पनि छलफल भएको छ ।

आइतबार प्रधानमन्त्रीले बोलाएको छलफल सहमति नजिक पुगेकाले आजको बैठक टुंगोमा पुग्नसक्ने नेताहरुको भनाई छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सुन तस्करी सम्बन्धमा अहिले भइरहेको अनुसन्धान प्रभावित नहुने र प्रमुख प्रतिपक्षको माग पनि सम्बोधन हुने गरी मध्यमार्गी उपाय खोज्ने प्रयास भइरहेको छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सन्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्न प्रयास हुने बताएका छन् ।