काठमाडौं । सरकारमा सम्मिलित चार दलीय मोर्चा समाजवादी मोर्चाले सातै प्रदेशमा प्रदेशस्तरीय सभा गर्ने भएको छ । सोमबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा बसेको मोर्चाको बैठकले प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेको छ ।

बैठकले भदौ ८ गतेबाट घोषणा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए । उनका अनुसार, भदौं ८ गते वीरगञ्जमा, भदौं १२ गते बुटवलमा र भदौं १३ गते धनगढीमा सभाको आयोजना हुने छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै भदौं १४ गते सुर्खेतमा, भदौं १५ गते पोखरामा, भदौं २३ गते हेटौंडा र भदौं २५ गते विराटनगरमा सभाको आयोजना गरिने निर्णय भएको हो ।

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।