काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले असोज मसान्तभित्र प्रदेश अधिवेशन गर्ने भएको छ ।  सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको छ । जस अनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेश, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन तय भएको छ ।

त्यस्तै कर्णालीको अधिवेशन असोज १० र ११ गते, कोशीको असोज ११२ र १३ गते, गण्डकीको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते अधिवेशन तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

‘असोज मशान्तभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्नेछौं । यसले संगठनलाई मजबुत बनाउँछ’ उनले भने । प्रदेश अधिवेशनका लागि प्रतिनिधि भने पालिकास्तरबाट चयन हुने र कम्तीमा एक तिहाइ युवा सहभागी गराउने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

कुन प्रदेशमा कहिले ?

कोशी प्रदेश असोज १२ र १३, मधेस प्रदेश असोज ५ र ६, बागमति प्रदेश असोज ८ र ९, गण्डकी प्रदेश असोज १५ र १६, लुम्बिनी प्रदेश भदौ १६ र १७, कर्णाली प्रदेश असोज १० र ११, सूदुरपश्चिम प्रदेश असोज २१ र २२, उपत्यका विशेष प्रदेश असोज १९ र २०