काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको निर्णय अनुसारको सर्कुलर जारी गरेको छ । नयाँ सर्कुलरमा नेताहरुको कार्यविभाजनदेखि, कार्ययोजना र अभियानबारे प्रष्ट निर्देशन दिइएको छ।

माओवादीको साउन १७ देखि २१ गतेसम्म केन्द्रीय समिति बैठक बसेको थियो ।   अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा ३ महिने वडास्तरीय संगठन विस्तार अभियानलाई केन्द्रविन्दु बनाएर नेताहरुको कार्यविभाजन गरिएको छ ।  माओवादीले विभागहरु पुनर्गठन गर्ने निर्णय गरेको छ ।   

हाल सरकारको जिम्मेवारीमा रहेका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु उपमहासचिव शक्ति बस्नेत, स्थायी समिति सदस्य रेखा शर्मा, केन्द्रीय सदस्यहरु मन्त्री सुदन किराती र राज्यमन्त्री सुशिला सिर्पाली, प्रधानमन्त्रीका सल्लाहकार उपमहासचिव हरिवोल गजुरेललाई सरकार र सम्बन्धित निकायकै काममा केन्द्रीत हुनेगरी व्यवस्था गरिएको छ ।   व्यवस्थापिकामा रहेका प्रमुख सचेतक सचिव हितराज पाण्डेसहित गोपी अछामी गंगा वेलवासे र रुपा सोसी चौधरी तथा विषयगत समितिका सभापतिहरु, प्रदेश सभाका मन्त्रीहरु, प्रदेश सभाको दल नेता, प्रमुख सचेतक र सचेतकहरु र विषयगत समितिका सभापतिहरु सोही जिम्मेवारीमा केन्द्रित रहने व्यवस्था गरिएको सर्कुलरमा उल्लेख छ । 

यस्तै समाजवादी मोर्चामा प्रतिनिधित्व र पार्टी एकता सम्बन्धमा वार्ता गर्ने जिम्मा उपाध्यक्ष कृष्ण बहादुर महरालाई दिइएको छ । यसैगरी प्रचार–प्रसार, प्रेस सेन्टरको इन्चार्ज र पार्टी प्रवक्ताको जिम्मा उपाध्यक्ष अग्नि सापकोटालाई दिइएको छ ।  यसैगरी जनवर्गीय संगठन ९मजदुर, किसान, महिला, युवा, विद्यार्थी, उद्योग व्यापार, सुकुम्वासीको संयोजनको जिम्मेवारी उपाध्यक्ष पम्फा भुसाललाई दिइएको छ ।

बुद्धिजीवी मोर्चाहरु बुद्धिजीवी, शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, मानव अधिकारकर्मी, इन्जिनियर, स्वास्थ्यकर्मी र साहित्य तथा सांस्कृतिकर्मीको संयोजनको जिम्मेवारी सचिव दिनानाथ शर्मालाई दिइएको छ ।  अखिल नेपाल ट्रेड युनियन महासंघको इञ्चार्जमा जयपुरी घर्ती, अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र०को  इञ्चार्जमा सुनिल मानन्धर,  अखिल नेपाल महिला संघ क्रान्तिकारीको इञ्चार्जमा अमृता थापा, योङ कम्युनिष्ट लीग नेपालको इञ्चार्जमा रामप्रसाद सापकोटा ‘दिपशिखा’ चयन भएका छन् ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९क्रान्तिकारी० को इञ्चार्जमा हिमाल शर्मा, अखिल नेपाल जनसाँस्कृतिक महासंघको  इञ्चार्जमा ईश्वरचन्द्र ज्ञवाली, आदिवासी जनजाति महासंघ नेपालको इञ्चार्जमा ओनसरी घर्ती, मुस्लिम मुक्ति मोर्चाको इञ्चार्जमा महेश्वर जंग गहतराज ‘अथक’ चयन भएका छन् । 

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको इञ्चार्जमा परशुराम रम्तेलरसह इन्चार्जमा तेज बहादुर मिजार चयन हुँदा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको इञ्चार्जमा खिमलाल देवकोटा,  नेपाल राष्ट्रिय कर्मचारी महासंघको इञ्चार्जमा हरिवोल गजुरेल, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको इञ्चार्जमा टेक बहादुर बस्नेत, नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनको इञ्चार्जमा सन्तु दराई, प्रेस सेन्टर नेपालको इञ्चार्जमा अग्नि प्रसाद सापकोटा र सहइन्चार्जमा महेश्वर दाहाल  चयन भएका छन् । 

यसैगरी मानव अधिकार तथा समाजिक अभियान नेपालको इञ्चार्जमा शशी श्रेष्ठ, अखिल नेपाल खेलकुद महासंघको इञ्चार्जमा गणेशमान पुन र सह इन्चार्जमा किरण राई, गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संघको इञ्चार्जमा दिनानाथ शर्मा, अखिल नेपाल सुकुम्वासी महसंघको इञ्चार्जमा सन्त कुमार थारु अपाङ्गता संगठन नेपालको इञ्चार्जमा जीवन बुढा, नेपाल राष्ट्रिय इन्जिनियरिङ्ग संगठनको इञ्चार्जमा गणेश शाह, एकीकृत अखिल नेपाल शिक्षक संगठनको इञ्चार्जमा यशोदा सुवेदी र सह इन्चार्जमा भोला सापकोटा चयन भएका छन् । 

यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक संगठनको इञ्चार्जमा नारायण दाहाल, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघको इञ्चार्जमा कल्पना धमला, विपद व्यवस्थापन संगठनको इञ्चार्जमा सूर्य प्रकाश सुवेदी ‘पथिक’, वैदेशिक रोजगार संगठनको इञ्चार्ज रामेश्वर राय यादव, सहकारी संगठन – इञ्चार्जमा लीलामणि पोख्रेल, उपभोक्ता हित सम्बद्ध संगठन इञ्चार्जमा कृष्णबहादुर के।सी। चयन हुँदा प्रतिष्ठानहरुको इञ्चार्जमा हितराज पाण्डे, रिटर्नी सेन्टर नेपालको इञ्चार्जमा लक्ष्मण पन्त चयन भएका छन्।

माओवादीले नयाँ जनसंगठनका रुपमा आइसिटी फोरम गठन गर्ने निर्णय गरेको छ ।  उक्त फोरमको इन्चार्ज अग्निप्रसाद सापकोटा, सहइन्चार्ज रेखा शर्मा र अध्यक्षमा गोविन्द आचार्यलाई जिम्मा दिइएको छ ।