काठमाण्डौ   ।   कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न हुँदैन राहुल महरा भन्छन। महराले भने हाम्रो विषयमा  केही दिनयता विभिन्न सञ्चारमाध्यममा बारम्बार आइरहेका आरोपहरूप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौँ।

पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भर्त्सना गर्दछौँ।सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु  हो ।

OM Sai Pathibhara Hospital

सञ्चारमाध्यमबाट एकोहरो आक्रमण हुनु को पछाडि हामीले बुझ्न सकेका छैनौ । हामीले यसअघि नै विषय स्पष्ट पारिसकेका छौँ कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा,  केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र  समाचार लेखी भ्रमित पार्नु गलत हो।राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका  छौँ र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौँ ।

पूर्व सभामुख कृष्णबहादुर महराका छोरासमेत रहेका राहुल महराले सामाजिक सन्जालमा यस्तो स्पष्टिकरण दिएका हुन।"