काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्टाएर सोमबार स्वदेश फर्किने भएका छन् ।

साउन २२ गते युरोप गएका अध्यक्ष नेपाल प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेको थियो ।

OM Sai Pathibhara Hospital

मुलुकको बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै अध्यक्ष नेपाल साउन २९ गते सोमबार(आज) नेपाल फर्कन लागेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनले क्रोएसिया र बेलायत जाने कार्यक्रम रद्द गरेका छन् ।