काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक भएको बताएका छन् । नेता कोइरालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न छानबिन समिति आवश्यक रहेको बताएका हुन् ।

नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनिसकेको दाबी गर्दै त्यसबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति जरुरी रहेको दाबी गरे । नेता कोइरालाले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।

OM Sai Pathibhara Hospital

नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौं हामीले भन्दै नेतृत्वलाई प्रश्न गरे ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले राजनीति प्रतिशोध साँध्न प्रधानमन्त्री र गृहमन्त्रीले सुनिल शर्मालाई पक्राउ गरेको आरोप समेत लगाएका छन् ।

पार्टीको जारी संसदीय दलको बैठकमा बोल्दै नेता कोइरालाले राजनीति प्रतिशोध साँध्न सांसद शर्मालाई कारागारमा राखिएको बताएका हुन्।

हङकङबाट क्विन्टल सुन आइरहेको अवस्थामा गृहमन्त्रीले त्यहाँको अवस्थाबारे जानकारी लिन पत्र पठाएको या नपठाएको स्पष्ट पार्न माग गरे ।

नेता कोइरालाले भने, ‘सुन बाहिरबाट ल्याएर नेपाललाई अखडा बनाइँदैछ । यहाँबाट टनका टन भारत गइरहेका छ । योभन्दा धेरै टनका टन सुन पहिला पनि गएको हुनसक्छ ।’

धेरै विकृति भएको देशमा नचाहिने विषयमा राज्यले प्रतिशोध साँध्न नहुने नेता कोइरालाको भनाई छ । उनले सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्नुपर्ने बताए । कांग्रेसको जारी बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको चर्को आलोचना भइरहेको छ ।

उनले सबै भ्रष्टाचारका काण्डहरूको छानबिन हुनपर्ने तर सरकारले निष्पक्षता कायम राखेर छानबिन गर्न सक्नुपर्ने बताए । उनले कांग्रेस सुन तस्करीका विषयमा समेत छानबिन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।