काठमाडौं ।  अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।


ओलीसँग भेटेपछि बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताएका छन ।

OM Sai Pathibhara Hospital

उनले सदनमा गोप्य मतदान गरे प्रचण्डको पक्षमा २० मत पनि नआउने दाबी गरे । माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको शर्माले बताए । आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको उनले बताउदै शर्माले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए ।

कांग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्छ । शेरबहादुर दाई, केपीबा हुँदै शेखर कोइराला, गगन थापा सबैलाई प्रधानमन्त्री बन्दै जान्छन् ।’

उनले आगामी दिनमा आफू कांग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए ।

गृहमन्त्रीको राजीनामा माग्दै एक्लै भएपनि संसद अवरोध गर्ने चेतावनी दिए । प्रधानमन्त्रीले अहिले फण्डामात्रै देखाएको जिकिर गर्दै शर्माले आज बस्ने पार्टी संसदीय दलको बैठकमा पनि कुरा राख्ने बताए ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनाका राख्न नपर्ने आदेशपछि शर्मा छुटेका थिए । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको थियो । अदालतको आदेशमा छुटेपछि शर्माले केपी ओली राष्ट्रनायक भन्दै जिन्दावादको नारा लगाएका थिए ।