काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल युरोप भ्रमणमा गएका छन् । अध्यक्ष नेपाल युरोप प्रस्थान गरेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाललाई दिइएको छ ।

प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन् । उनी स्विट्जरल्यान्ड, स्पेन, बेलायत आदि देशमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुने छन् । नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।