काठमाडौँ / नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा महिलाहरूका लागि छुट्टै बस सञ्चालन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले सस्तो लोकप्रियता कमाउन खोजेको बताएका छन् ।

चितवन क्षेत्र नम्बर - २ का महिलाहरूका लागि ‘ब्लु बस’ बुधबारदेखि सञ्चालनमा ल्याएपछि फरक फरक टिप्पणी आइरहेका बेला महासचिव पोखरेलले रवि लामिछानेको उक्त कदमको आलोचना गरेका हुन् ।

OM Sai Pathibhara Hospital

उनले विश्वका कयौँ मुलुकमा महिलाहरू बन्द समाजमा जकडिइरहँदा नेपालमा भने अपवादबाहेक सुरूदेखि नै स्वतन्त्र रहेको बताउँदै नेपालमा छुट्टै बस चलाएर गलत सन्देश दिन खोजिएको टिप्पणी गरेका हुन् ।