काठमाडौँ / संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज (मंगलबार) बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ ।

संघीय संसद सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

OM Sai Pathibhara Hospital

यसैगरी, हिजो नै तय भएको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा पढेर सुनाइने छ ।

साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरूपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेश गर्ने तथा राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्ने कार्यसूचीलाई यथावत राखिनेछ ।