बागलुङ    ।     राष्ट्रिय जनगणना-२०७८ अनुसार बागलुङमा २ सय १४ परिवार उज्यालोका लागि टुकीमा निर्भर छन् । चार सय २३ परिवार बिजुली, सोलार, बयोग्याँस र मट्टितेलको पहुँचभन्दा टाढा छन् । जिल्लाभर ६४ हजार ९६ परिवारको बासोबास छ ।

तीमध्ये ६२ हजार २ सय २८ परिवारमा बिजुलीको पहुँच छ । एक हजार २ सय २० परिवारले सौर्य उर्जाको प्रयोग गर्दा ११ परिवार बायो ग्याँसको सहारामा उज्यालो उपभोग गरिरहेको तथ्यांक कार्यालय बागलुङका प्रमुख चन्द्रकान्त सुवेदीले बताए ।

OM Sai Pathibhara Hospital

जिल्लाको दुर्गम क्षेत्रमा अहिले पनि विद्युतको सर्वसुलभ पहुँच छैन् । बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा केन्द्रिय प्रसारण लाईनको विद्युत पु¥याउन सकिएको छैन भने ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाका केही वडामा मात्रै बिद्युतिकरण भएको छ ।

स्थानीय खोलाबाट उत्पादन गरिएका लघुजलबिद्युत आयोजनाहरुबाट ती पालिकामा बिद्युतिकरण गरिएको छ । पालिका, प्रदेश र संघीय सरकारको प्रयास निरन्तर रहँदा जिल्लाभर बिद्युत नपुगेको हो ।

उज्यालोका लागि मात्रै होईन दैनिक अन्य क्रियाकलापका लागि सर्वसाधारणले अझै प्राप्त बिद्युत पाएका छैनन् । 

कार्यालयले मंगलबार जनगणना-२०७८ ले तयार पारेको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक सार्वजनिक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले तीन तहका सरकारलाई तथ्यांकले सहयोग गर्ने बताए।

जनगणनाले ल्याएको तथ्यांकका आधारमा आफ्ना नीति तथा कार्यक्रम ल्याउन सके तीनै तहका सरकारले सफलता पाउने उनले बताए । तथ्यांकले कमजोर संकेत गरेको क्षेत्र, बर्ग तथा लिङ्गको उत्थानमा लाग्न उनको सुझाव थियो ।

बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले तथ्यांक सम्बन्धि सूचना हरेक नीति निर्माण तहमा रहेकाहरुसँग हुनुपर्ने बताए । सूचनाको युग भएकाले सूचनामा अध्यावधिक मानिसनै धनी हुने समय आएको उनको भनाई थियो ।