काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथजात्रा बुधबारबाट सुरु भएको छ ।
जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीन धारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर बुधबार राति असन पुर्याईएको छ ।
अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि सुरु भएको खटयात्रा ५ बजेदेखि ६:३० बजेसम्मजमल, रत्नपार्क र भोटाहिटी हुँदै असनपुगेको हो ।
दोस्रो दिन बिहिबार आज असनदेखि रथ तानेर हनुमानढोकासम्म लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पुर्याइन्छ ।
३२ हात लामो रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगनहुँदै मच्छिन्द्रवहालमा पुर्याएपछि जात्रा सम्पन्न हुन्छ