राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेकी छन्।

उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोना ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनुका साथै यसबाट वृहत्त राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मदत पुग्ने विश्वास व्यक्त गरेकी छन्।