२५ पुष, दिपेन बिश्वकर्मा / बुद्धशान्ति झापाको बुद्धशान्ति गाउँपालिका ४ टिमाइ खोलाको किनारमा रहेको पाल्युन देछेन छोइलिङ गुम्बा  पुर्वान्चल्कै सबैभन्दा ठूलो गुम्बामा रूपमा परिचीत छ । बुद्धशान्तिलाई धार्मिक सास्कृतिक पर्यटकिय गन्तब्य बनाउने र बौद्ध शिक्षालाई उजागर गर्ने उदेश्यले यो गुम्बाको स्थापना गरिएको हो ।

gumba 3

OM Sai Pathibhara Hospital

बि स २०७५ सालमा  स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट रकम सहयोग जुटाएर गुम्बा निर्माण गरिएपछि बुद्धशान्ति माथि थप आकर्षण थपिएको  छ । झलक हेर्दा आकर्षक र महमोहक दृश्य देखिने यस गुम्बामा ३ वटा बौद्ध मुर्ति राखिएका छन् । जहाँ पहिलो तलामा गुरु पद्म सम्भबको मुर्ति राखिएको छ भने दोस्रो तलामा बज्र सत्य दोर्जे सेम्भाको मुर्ति राखिएको छ । यस्तै सबै अन्तिम भुइँ तलामा भगवान गौतम बुद्धको मुर्ति राखिएको गुम्बा संचालक समितिका महासचिव तथा गुम्बाका इन्चार्ज पुर्ण पाख्रिनले जानकारी दिदैँ गुम्बा स्थापना बारे यस्तो बताए । धार्मिक तथा सास्कृतिक महत्वका सामाग्रीहरु र ऐतिहासिक दस्ताबेजका बस्तुहरु सहित यस गुम्बामा ३० फिट लामो भगवान गौतम बुद्धको मुर्ति राखिएको छ । आफ्नौ सौन्दर्यता रहेको बुद्धशान्तिमा गुम्बा निमार्ण भएपछि थप सुन्दर बनेको हो  ।

gumba-3 1

१ बिगा ३ कठ्ठा जग्गा क्षेत्रफलमा फैलिएको यो गुम्बा मेची राजमार्गको हापेन चोकबाट करिब २०० मिटर पुर्वमा रहेको छ ।  यस गुम्बामा कुनै पनि जात धर्म लिङ्ग विशेष नभाइ दुख हरण गर्न  र मनलाई सन्तुलित तुल्याउन चाहाने जो कोहिलाइ आउन आग्रह गरिएको छ ।  बिशेष गरि भारत तिब्बत र नेपालका विभिन्न स्थानबाट मानिसहरु यस गुम्बामा दर्शन गर्न आउने गरेका छन् ।  करिब ३ करोड माथिको लगानीमा निर्माण भएको यस गुम्बाको दाइने भागबाट एक फनको लगाएमा सबै पाप नस्ट हुने बिश्वास गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको मात्र नभई समग्र पुवान्र्चलको पहिचन बोकेको यस गुम्बाको संरक्षण र प्रर्वधन गर्नु स्थानिय सरकार प्रदेश सरकारसबैको दायित्व हुन्छ ।

gumba-1 1