मोरङ / मोरङ क्षेत्र नम्बर -३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनिल शर्माले डेङ्गु र निमोनियाबाट पीडित ९ महिने  बच्चाको उपचार निशुल्क गरिदिने भएका छन् । मोरङको उर्लाबारी निवासी कलाकार तथा प्राविधिक श्याम गिरिको ९ महिनाका छोरा शुभम् गिरि उपचार नोबल अस्पताल विराटनगरमा शतप्रतिशत छुट गरिदिने भएका हुन् ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आव्हानमा उक्त छुट भएको हो । डेङ्गु र निमोनिया लागेर उर्लाबारीको अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरको नोबल अस्पतालमा भर्ना गरिएको थियो । आर्थिक अवस्था कमजोरी भएका कारण उपचारमा खर्च अभावले बिरामीको परिवार आर्थिक सहयोगको अपेक्षामा थियो । बिरामीको अवस्था सिकिस्त भएपछि केही कलाकारहरूले आर्थिक सहयोग समेत जुटाइरहेको अवस्थामा नोबेल हस्पिटलले उपचारको सम्पूर्ण जिम्मा लिएको हो ।

OM Sai Pathibhara Hospital

बिरामीका बुबाले सामाजिक सञ्जालमा सहयोगको अपिल गरेको कुरा देखेपछि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले सहयोगको लागि तुरुन्त पत्र लेखी डा. सुनिल शर्माको सचिवालयमा निशुल्क सहयोगको लागि अपिल गरेका थिए । उनको यो अपिल पत्रकार सुवास संकल्प, उद्योग वाणिज्य संघ उर्लाबारीका निवर्तमान अध्यक्ष प्रितम खड्गी तथा प्रत्यक्ष रुपमा कलाकार तथा अन्य श्रोतबाट डा. सुनिल शर्मालाई जानकारी गराइएको थियो । 

उक्त जानकारी पाउन साथ निज नौ महिनाको नाबालक शुभम् लाई निशुल्क उपचारको लागि डा सुनिल शर्माले व्यवस्था गरेको बिरामीको बुवा श्याम गिरिले जानकारी गराए । गिरिका अनुसार हिजो बुधबार नोबल अस्पतालका जनरल मेनेजर रुद्र प्रसाद शर्माले भेटेर निशुल्क उपचारको बारेमा जानकारी गराइएको थियो । शर्माले आफ्नो क्षेत्र भन्दा बाहिरको बिरामी भएपनि सामाजिक उत्तरदायित्व अन्तरगत सेवाको भावले सहयोग गरेको बताए ।