काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार २३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा देशभर २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५७५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।