झापा / बुधबार छुटेका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ आज पनि खुवाइँदै छ । 

स्वास्थ्य मन्त्रालयले बुधबारबाट ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाएको हो ।

OM Sai Pathibhara Hospital

आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ’ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ भने जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । 

वर्षमा दुईपटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।