काठमाडौं / देशभरमा पछिल्लो २४ घण्टामा थप एक हजार १११ जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै सङ्क्रमितको संख्या ४० हजार २९ पुगेको हो ।

डेंगु सङ्क्रमणबाट हालसम्म ४८ जनाको मृत्यु भएको छ । विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । मन्त्रालयले डेँगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ । 

OM Sai Pathibhara Hospital