काठमाडौं / नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भएको १ हजार १६२ परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ७ जना संक्रमणमुक्त हुँदा १९ हजार २४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । देशभर ६८८ जना सक्रिय संक्रमित हुँदा पछिल्लो २४ घण्टा कसैको पनि मृत्यु भएको छैन । 

OM Sai Pathibhara Hospital