• सरोज निरौला 

झापा / झापाको बुद्धशान्ति गाउँपालिका –२ स्थित अलपादेवी कीर्तन मण्डलीले आफ्नो ९ औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

अलपादेवी कीर्तन मण्डलीका अध्यक्ष लक्ष्मी प्रसाद सुवेदीको अध्यक्षता, वडा नम्बर २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ । 

OM Sai Pathibhara Hospital

मण्डलीको नयाँ नेतृत्व अन्तर्गत अध्यक्षमा माधव प्रसाद न्यौपाने, उपाध्यक्षमा बलराम पनेरु, सचिवमा गोविन्द सुवेदी, सहसचिवमा गोपाल बानियाँ, कोषाध्यक्षमा जमुना न्यौपाने चयन भएका छन् । 

यस्तै सदस्यमा सोमनाथ न्यौपाने, कुसुम भुजेल, पंण्डित इश्वरी न्यौपाने, गंगा बराल (सुवेदी) चयन भएका छन् । किर्तन मण्डलीले साधारण सभाको अवसरमा दुई जना ज्येष्ठ नागरिक र दुई जना बाल प्रतिभालाई सम्मान गरेको छ । 

जेष्ठ नागरिकतर्फ सम्मानित हुनेमा स्थानीय ८५ बर्षिय खड्गप्रसाद पनेरु र ७४ बर्षिय कृष्णकुमारी घिमिरे रहेका छनभने बालप्रतिभातर्फ डेजीना न्यौपाने र दिप्सन पोख्रेल रहेका छन् । उनीहरूलाई प्रमाण पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
 
२०६१ सालमा स्थापना भएको यस मण्डलीले हरेक हप्ता भजन कीर्तन सहित वार्षिक रुपमा ज्येष्ठ नागरिकलाई सम्मान, प्रतिभा पहिचान, हाजिरी जवाफ प्रतियोगिता, धार्मिक यात्रा लगायतका कार्यक्रमको आयोजना गर्दै आएको छ ।