झापा / चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । नौजनाविरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूमध्ये तीनजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका -१३ का धनबहादुर बिक, जीवन सुनार र विकास बहादुर दमाइ रहेका छन् । 

अस्पतालका तर्फबाट उनीहरूसहित नौजनाविरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको उनले बताए । अन्यको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ । उनीविरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन, २०६६ को संशोधन, २०७९ अनुसार मुद्दा दर्ता गरिएको पण्डितले जानकारी दिए ।  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, २०६६ को संशोधन, २०७९ अनुसार स्वास्थ्य संस्था तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याउनेलाई तीन वर्षसम्म कैद वा रु तीन लाख जरिवाना हुने व्यवस्था रहेको छ । 

OM Sai Pathibhara Hospital

यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए । तोडफोडका कारण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा क्षति भएको थियो ।  सो घटनालाई लिएर नेपाल चिकित्सक संघले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।