काठमाडौं  / पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५३५ जनाको आरटी पीसीआरएन्टिजेन विधिबाट परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ सय ४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३० जना र १ हजार ५९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ५१ हजार ७९७ पुगेको छ ।

यो सँगै नेपालमा सक्रिय कोरोना सङ्क्रमितहरूको संख्या १ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ४ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३ जना सङ्क्रमितहरू निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरूको कुल संख्या ९ लाख ८६ हजार ७२० पुगेका छन् ।