एजेन्सी / भारतमा कोरोना सङ्क्रमितको संख्या चार करोड ४५ लाख ४९ हजार ४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ४ हजार ८५८ नयाँ कोरोना संक्रमित थपिएसँगै सङ्क्रमितको संख्या यति पुगेको हो । 

जसमध्ये सक्रिय सङ्क्रमितको संख्या ४८ हजार २७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ। 

पछिल्लो समय भारतसहित विश्वभर संक्रमण दरमा कमी आएको छ।