एजेन्सी / भारतमा कोरोना सङ्क्रमितको संख्या चार करोड ४५ लाख ४९ हजार ४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ४ हजार ८५८ नयाँ कोरोना संक्रमित थपिएसँगै सङ्क्रमितको संख्या यति पुगेको हो ।
त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ।
पछिल्लो समय भारतसहित विश्वभर संक्रमण दरमा कमी आएको छ।





































