काठमाडौं / विश्‍व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले संयुक्त रुपमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख, प्रहरी नायब महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ब्रेथलाइजर हस्तान्तरण गरेका हुन् ।

दशै तिहार छठ लगायतका ठूला पर्वहरूमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई ध्यानमा राखी दुर्घटना न्यूनिकरण गर्न ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामाग्री हस्तान्तरण गरिएको हो ।

OM Sai Pathibhara Hospital

सवारी साधनको बढी भीडभाड हुने स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा ब्रेथलाइजर वितरण गरिने प्रहरी नायब महानिरीक्षक बसन्त बहादुर कुँवरले बताए । चालकले मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गरी सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि, ब्रेथलाइजरको मुख्य भूमिका रहेको डा. चुमनलाल दासले बताए ।