काठमाडौं / डेंगु सङ्क्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ भने ५४० जनामा डेंगु संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु सङ्क्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेँगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङ बाहेक सबै जिल्ला देखिएको डेँगुबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेँगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेँगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital