चितवन / चितवनमा डेँगुको सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका –७ की ४० वर्षीय महिला रहेकी छन्। 

डेंगु संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले जानकारी दिए।

OM Sai Pathibhara Hospital

स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो। यसअघि असोज २ गते रत्ननगर नगरपालिका –१ का २७ वर्षीय पुरुषको डेँगुको सङ्क्रमणका कारण मृत्यु भएको थियो।

चितवनमा बुधबारसम्म चार हजार ४४९ जनाको परीक्षण गर्दा ७४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। तीमध्ये ४५९ चितवनका हुन् भने बाहिरी जिल्लाका १७५ र ठेगाना नखुलेका १०९ जना रहेका छन्।