झापा / नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५१ जनामा डेंगु देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन एक हजार ५१ जनामा डेंगु पुष्टि भएको हो ।

हालसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । त्यसैगरी अहिलेसम्म डेंगु सङ्क्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।